२८ जेठ २०८३, बिहीबार

पीएम कप क्रिकेट छनोटमा बैतडीको लगातार दोस्रो जीत

पीएम कप क्रिकेट छनोटमा बैतडीको लगातार दोस्रो जीत
प्रतिकात्मक तस्वीर

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले लगातार दोस्रो जीत दर्ता गरेको छ ।

बुधवार बैतडीले डोटीलाई ७७ रनले हरायो । यसअघि मंगलवार बैतडीले अछामलाई ९० रनले पराजित गरेको थियो ।

बैतडीले दिएको १४२ रनको लक्ष्य पछ्याएको डोटी १९ दशमलव १ ओभरमा ६४ रनमा अलआउट भयो । डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बैतडीकी करिश्मा थापाले ३ र कप्तान रितु कनौजियाले २ विकेट हात पारे ।  

त्यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले १९ दशमलव २ ओभरमा १४१ रनमा समेटिएको थियो । जसमा कप्तान रितु कनौजियाले २४ र संगीता मौनीले अविजित १८ रन बनाइन् ।

डोटीकी दिवेश्वरी ठकुल्लाले ४ र हिसिला खड्काले २ विकेट हात पारिन् । 

प्रतियोगितामा सहभागी ७ टोलीमध्ये शीर्ष २ जनामा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । 

टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्