२४ जेठ २०८३, आइतबार

सल्लेरी तामाखानी सडक निर्माणमा नगरप्रमुख शेर्पाको चासो

सल्लेरी तामाखानी सडक निर्माणमा नगरप्रमुख शेर्पाको चासो

निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ ।  प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा शहरी विकास मन्त्रालयको रु ४२ करोड लागतमा शुरु भएको ग्राबेलको बुधबार सोलु दूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले निरीक्षण गरेका थिए । सो सडक सल्लेरी तामखानी जोड्ने मात्र नभएर लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्गसमेत हो । 

सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्राबेलसहित, ग्याभिङ, साइड खन्नेलगायतको काम यो चरणमा हुने जनाइएको छ । सडक ग्राबेलको ठेक्का ओसेस इन्जिनियर विल्डर्स प्रालिले रु २१ करोड २३ लाखमा पाएको हो । तोकिएकै समयमा गुणस्तरीय काम सक्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको निर्माण कम्पनीका प्रतिनिधि तीर्थराज न्यौपानेको भनाइ छ । कम्पनीले डेढ वर्षभित्र काम सक्नेगरी गत असारमा निर्माण कार्य सम्झौता गरेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्