२५ जेठ २०८३, सोमबार

जब दीपाश्रीको सिउँदोमा सिन्दूर देखियो, टिकटक भिडियो भयो भाइरल

जब दीपाश्रीको सिउँदोमा सिन्दूर देखियो, टिकटक भिडियो भयो भाइरल

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला टिकटकमा भाइरल बनेकी छिन् ।

उनी भाइरल हुनुका कारण हो, उनको सिउँदोमा देखिएको सिन्दूर ।

चन्द्रागिरीस्थित भालेश्वर मन्दिरका मुल पूजारी विदूर न्यौपानेले अभिनेता एवं निर्माता दीपकराज गिरी र अभिनेत्री निरौलासँग दुईवटा भिडियो बनाएर आफ्नो टिकटकमा पोष्ट गरेका छन् ।

उक्त टिकटक भिडियोमा अविवाहित दीपाश्रीलाई सिउँदोमा सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ ।

उक्त टिकटक भिडियो सार्वजनिक भएसँगै टिकटकमा भाइरल भएको हो । जसमध्ये एउटा टिकटक भिडियोको भ्युज १६ लाख पुगिसकेको छ । त्यसमा अधिकांशले दीपाश्रीको सिउँदोको सिन्दूरलाई जोडेर प्रतिक्रिया दिएका छन् । केहीले कुनै चलचित्रको छायाँकन हुन सक्ने भनेर आँकलन गर्दै प्रतिक्रिया जनाएका छन् । 

खासमा दीपकराज र दीपाश्री आफूहरूको चलचित्र ‘छक्कापञ्जा ४’को छायाँकनकै क्रममा चन्द्रागिरी पुगेका थिए । टिकटकमा सक्रिय देखिँदै आएका भालेश्वरका पूजारीले त्यहाँ पुग्ने अधिकांश सेलिब्रेटीसँग टिकटक भिडियो बनाउँदै आएका छन् ।

केदारप्रसाद घिमिरे (माग्नेबुढा)सँग पनि पूजारीले टिकटक भिडियो बनाएर पोष्ट गरेका छन् । यद्यपि, दीपकराज र दीपाश्रीसँगको टिकटक भिडियो भाइरल बनेको हो ।

हेमराज बिसीको निर्देशन रहेको ‘छक्कापञ्जा ४’मा दीपकराज र दीपाश्री निरौलाको शीर्ष भूमिका छ । निर्मल शर्मा र केदारप्रसाद घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र आगामी फागुन १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

@bidurneupane65 भालेश्वोरको दर्शन गर्न आया हो, गुरुबा सग भेट भया हो, भालेश्वोरले हामी सबलाई रक्षा गरुन, जय हो🙏🙏 @deepak_rajgiree @deepashreeniraula #जय_भालेश्वोर_महादेव🙏🙏 #हुन्छ_पूरा_चिताएको_कुरा🙏 #भालेश्वोर_महादेव_मन्दिर_चन्द्रागिरि🙏 #bidurguru #bidurneupane #chandragiricablecar #chandragiri_hills ♬ original sound - Bidur Neupane (मूल पुजारी)

salt training

कमेन्ट गर्नुहोस्