×

NMB BANK
NIC ASIA

जब दीपाश्रीको सिउँदोमा सिन्दूर देखियो, टिकटक भिडियो भयो भाइरल

पुस २१, २०७९

NTC
Premier Steels

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला टिकटकमा भाइरल बनेकी छिन् ।

Muktinath Bank

उनी भाइरल हुनुका कारण हो, उनको सिउँदोमा देखिएको सिन्दूर ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चन्द्रागिरीस्थित भालेश्वर मन्दिरका मुल पूजारी विदूर न्यौपानेले अभिनेता एवं निर्माता दीपकराज गिरी र अभिनेत्री निरौलासँग दुईवटा भिडियो बनाएर आफ्नो टिकटकमा पोष्ट गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उक्त टिकटक भिडियोमा अविवाहित दीपाश्रीलाई सिउँदोमा सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ ।

Vianet communication

उक्त टिकटक भिडियो सार्वजनिक भएसँगै टिकटकमा भाइरल भएको हो । जसमध्ये एउटा टिकटक भिडियोको भ्युज १६ लाख पुगिसकेको छ । त्यसमा अधिकांशले दीपाश्रीको सिउँदोको सिन्दूरलाई जोडेर प्रतिक्रिया दिएका छन् । केहीले कुनै चलचित्रको छायाँकन हुन सक्ने भनेर आँकलन गर्दै प्रतिक्रिया जनाएका छन् । 

खासमा दीपकराज र दीपाश्री आफूहरूको चलचित्र ‘छक्कापञ्जा ४’को छायाँकनकै क्रममा चन्द्रागिरी पुगेका थिए । टिकटकमा सक्रिय देखिँदै आएका भालेश्वरका पूजारीले त्यहाँ पुग्ने अधिकांश सेलिब्रेटीसँग टिकटक भिडियो बनाउँदै आएका छन् ।

केदारप्रसाद घिमिरे (माग्नेबुढा)सँग पनि पूजारीले टिकटक भिडियो बनाएर पोष्ट गरेका छन् । यद्यपि, दीपकराज र दीपाश्रीसँगको टिकटक भिडियो भाइरल बनेको हो ।

हेमराज बिसीको निर्देशन रहेको ‘छक्कापञ्जा ४’मा दीपकराज र दीपाश्री निरौलाको शीर्ष भूमिका छ । निर्मल शर्मा र केदारप्रसाद घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र आगामी फागुन १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

@bidurneupane65 भालेश्वोरको दर्शन गर्न आया हो, गुरुबा सग भेट भया हो, भालेश्वोरले हामी सबलाई रक्षा गरुन, जय हो🙏🙏 @deepak_rajgiree @deepashreeniraula #जय_भालेश्वोर_महादेव🙏🙏 #हुन्छ_पूरा_चिताएको_कुरा🙏 #भालेश्वोर_महादेव_मन्दिर_चन्द्रागिरि🙏 #bidurguru #bidurneupane #chandragiricablecar #chandragiri_hills ♬ original sound - Bidur Neupane (मूल पुजारी)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x