
लघुवित्तबाट लिएको ऋणले गरिब किसानको उठिबास लागेको भन्दै बुटवलमा पीडितहरूलाई विरोध प्रदर्शन भएको छ । लघुवित्त संस्थाविरूद्धको केन्द्रीय संघर्ष समितिले लघुवित्तको ज्यादतिविरूद्ध बिहीवार प्रदर्शन गरेको हो । नव–सामन्तीका रूपमा लघुवित्त संस्थाहरू स्थापित भएको भन्दै खारेजी गर्न आफूहरू आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए ।
बुटवल राजमार्ग चौराहाबाट शुरूको भएको विरोध प्रदर्शन मिलनचोक, अस्पताललाई, पुष्पलालपार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध ¥यालीमा सहभागीहरू अधिकांश महिला थिए ।
पीडितहरूले ‘सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर’लगायतका नारा लगाएका थिए । सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग उनीहरूको माग छ ।