देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू–भागमा हुस्सु/कुहिरो लागिरहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ० डिग्री र अधिकमत तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस छ ।
शुक्रवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ९ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव ० डिग्री सेल्सियस छ ।