
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । अमेरिकी ग्रिनकार्ड लिइसकेका व्यक्तिले नेपाली नागरिकता कायम राख्नु गैरकानूनी भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
यसअघि प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । नागरिकता विवादमा सर्वोच्चले पुस ६ गते अन्तरिम आदेश अस्वीकार गरेपछि रविले पुस ७ गते सांसदको शपथ र पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका थिए ।
नागरिकता मुद्दामा दोषी पाइए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको सांसद र मन्त्री पद गुग्नेछ ।