२४ जेठ २०८३, आइतबार

सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्वारा रु १ करोड मृत्यु दाबी रकम भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्वारा रु १ करोड मृत्यु दाबी रकम भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत बीमितका परिवारलाई रु १ करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिहीवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो । 

सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको बिमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमांक रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभबापतको रकम र रु ५० लाख र किरिया खर्चबापतको रु ५० हजार गरी एकमुष्ठ रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए । 

उनका अनुसार, २० वर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक वर्ष रु २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्नेगरी बीमा गरेका थिए । एक वर्षको मात्रै रकम उनले भुक्तानी गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदाबी रकमको चेक हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘मानिसको जीवनको आफैँमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महँगो छ, कम्तिमा आफूले सक्ने क्षमताको बीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, बिरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाइन्छ’ श्रेष्ठले भने । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले मानिसका चिन्ता र चुनौतीहरूलाई व्यवस्थापन गर्ने सोचका साथ बीमाको अवधारणाको विकास भएको बताउँदै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रूपमा स्थापित भएको सिटिजन लाइफले बीमितहरूमा नयाँ र आकर्षक सुविधासहित आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्