चर्चित गीत ‘फूलै फूल दिन्छौ की...’को फिमेल भर्सन सार्वजनिक गरिएको छ ।
शुक्रवार सार्वजनिक फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छिन् ।
आनन्द अधिकारीका शब्द, आशिष अविरलको संगीत रहेको यो गीत शिव परियारको स्वरमा एक दशकभन्दा अगाडि सार्वजनिक भएको थियो ।
चार महिना अघिमात्रै शिवकै स्वरमा गीतको रिमेक भर्सन ल्याइएको थियो । यो गीत टिकटकमा समेत चर्चित छ ।
विकास प्रसाईँको निर्देशनमा तयार भिडियोमा प्रभात पल र सोनिका भण्डारीको अभिनय छ । साथमा सञ्जय ढुंगाना, प्रतिक गौतम र सगुन तामाङ समेत भिडियोमा देखिएका छन् । निर्देशक प्रसाईँले भिडियोमा नयाँ कथा पेश गरेका छन् ।
जितु तामाङको छायांकन रहेको भिडियो विकास प्रसाइँको सम्पादनपछि ‘आशिष अविरल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतलाई रुचाउने विश्वास निर्माण टिमको छ ।