१५ असार २०८३, सोमबार

मेयर कप टेबल टेनिस सोमवारबाट

मेयर कप टेबल टेनिस सोमवारबाट

चौँथो मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिता सोमवारबाट आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को युवा क्लव हःखाले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमवारबाट आयोजना हुने जनाएको हो । 

६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुरको मंगलबजारस्थित कोट पाटीमा आयोजना हुनेछ । प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाबीचका ५ सय भन्दा बढी खेलाडीबीच प्रतिष्पर्धा हुनेछ ।

कुल १३ वटा इभेन्ट्स भएको प्रतियोगितामा रात्रीकालिन समयमा आयोजना हुनेछन् । रात्रिकालीन समयमा आयोजना हुने यो पहिलो प्रतियोगिता हो । प्रतियोगितामा मेन्स टिम इभेन्ट्स (ए), मेन्स टिम इभेन्ट्स (४०), मेन्स सिंगल्स (ए), मेन्स डबल, मेन्स सिंगल्स (बी), वुमन्स सिंगल, बोइज जुनियर सिंगल (य–१६), गल्र्स जुनियर यू (१६), भेट्रान्स सिंगल्स (४० वर्ष माथि), भेट्रान्स सिंगल्स ९(५०वर्ष माथि) भेट्रान्स सिंगल्स ९(६० वर्षमाथि), महिला भेट्रान्स सिंगल्स (४० वर्षमाथि), युवा क्लब हक्का सिंगल्स इभेन्ट्समा प्रतिष्पर्धा हुनेछ ।

अनुमानित १६ लाख ५० हजार खर्च हुने प्रतियोगितामा ५ लाख वडा न–१२ बाट तथा ललितपुर महानगरपालिकाबाट ३ लाख प्रायोजन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । 

salt training

कमेन्ट गर्नुहोस्