२५ असार २०८३, बिहीबार

औषधिभन्दा बढी प्रभावकारी छन् यी मसलाहरू

कात्तिक २०, २०७४
औषधिभन्दा बढी प्रभावकारी छन् यी मसलाहरू

काठमाडौं, १ भदौ — हरेक भान्सामा मसलाको उपयोग गरिन्छ । मसलाको सुगन्ध र स्वादले भोजनलाई अब्बल बनाउँछ । स्वाद मात्र नदिएर मसलाले स्वास्थ्यलाई पनि लाभ दिन्छ । अनेकौं किसिमका समस्याबाट बच्न मसला लाभदायक हुन्छन् ।


पेट दुख्दा

पेट दुख्ने समस्या छ भने हींग खाने गर्नुस् । एक चम्चा घिरमा अलिकति हींग मिसाएर खाँदा पीडाबाट राहत पाइन्छ । यसबाहेक वीरेनून, पुदिनाको रस, कागतीको रस, अदुवाको रस र अलिकति हींग खाँदा फाइदा हुन्छ ।

दाँत दुख्दा
ल्वाङले दाँतको पीडाबाट राहत दिलाउँछ । दाँत दुख्दा नून, मरिच र पानीको पेस्ट बनाएर दाँतमा लगाउनुस् । काँचो प्याज चपाउँदा पनि पीडा नाश हुन्छ ।

टाउको दुख्दा
असाध्यै टाउको दुख्यो भने दालचिनीको धूलो र पानी मिसाएर पेस्ट बनाउनुस् । अनि यसलाई निधारमा दल्नुस् । टाउको दुख्दा तुलसीको पात पनि चपाउन सक्नुहुन्छ ।

रुघाखोकी
रुघा र खोकीको ट्याब्लेट खानुभन्दा मरिच र ल्वाङ खानुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्