१३ असार २०८३, शनिबार

घरैमा बसेर यसरी बनाउनुस् स्वादिष्ट पिज्जा

कात्तिक २०, २०७४
घरैमा बसेर यसरी बनाउनुस् स्वादिष्ट पिज्जा

काठमाडौं, १ भदौ — पिज्जा खान बच्चादेखि बूढा सबैलाई रमाइलो लाग्छ । तर खान मन लागेपिच्छे बाहिर जान वा बाहिरबाट मगाउन गाह्रो हुन्छ । त्यसैले घरैमा बसीबसी पिज्जा बनाउन सिकौं न त । आज हामी इटालियन ब्रेडबाट बनेको पिज्जा तयार पार्न सिकाउँछौं ।


सामग्री

एक इटालियन फ्ल्याट ब्रेड
दुई चम्चा पिज्जा सस
एक तिहाइ कप पिज्जा चीज
सुकेका तुलसीका पात
पाँच स्लाइस पेपरोनी

विधि
सबभन्दा पहिला इटालियन ब्रेडलाई प्लेटमा राख्नुस् र त्यसमाथि पिज्जा सस लगाउनुस् ।

अब चीजलाई कोरेर झुरा पार्नुस् र ब्रेडको आधी भागमा मज्जाले फैलाउनुस् । चीज राखेपछि त्यसमाथि सुकेका तुलसीका पात र पेपरोनी स्लाइस राख्नुस् ।

अब ब्रेडलाई दुई भागमा फोल्ड गर्नुस् । अब एउटा ननस्टिक तावामा तताउनुस् र त्यसमा फोल्ड गरिएको ब्रेड राख्नुस् । एक भाग सुनौलो खैरो भएपछि पल्टाउनुस् र दोस्रो भागलाई पनि तताउनुस् ।

चीज पग्लेर बाहिर आउन थालेपछि प्लेटमा निकाल्नुस् र पिज्जालाई स्लाइस स्लाइसमा काट्नुस् ।

लौ, पेपरोनी पिज्जा तयार भयो । यसलाई ससका साथ तात्तातो सर्भ गर्नुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्