१३ असार २०८३, शनिबार

दिल्लीका जनप्रतिनिधिको लज्जास्पद हर्कत : कुटाकुट भएपछि मेयर चुनाव स्थगित

पुस २३, २०७९
दिल्लीका जनप्रतिनिधिको लज्जास्पद हर्कत : कुटाकुट भएपछि मेयर चुनाव स्थगित

भारतको राजधानी नयाँदिल्लीमा शुक्रवारका लागि तय मेयर, उपमेयर पदको चुनाव स्थगित भएको छ ।

दिल्लीको सिविक सेन्टरमा हुने चुनावका क्रममा शुरूआतमै आम आदमी पार्टी (आप) र भारतीय जनता पार्टी (भाजपा) का जनप्रतिनिधिबीच कुटाकुट हुँदा निर्वाचन प्रभावित भएको छ ।

दिल्ली नगर निगममा निर्वाचित जनप्रतिनिधि पार्षद्ले मतदान गरेर मेयर, उपमेयर निर्वाचित गर्ने प्रावधान दिल्लीमा छ । पार्षद् मनोनित गर्ने विषयमा दुवै पार्टीबीच विवाद हुँदा चुनाव स्थगित भएको हो । विवाद यतिसम्म पुग्यो कि पार्षद्बीच कुटाकुट र कुर्सी हानाहान नै भयो ।

चुनाव स्थगित गरिएपछि अब अर्काे मिति तोकिने भएको छ । जनप्रतिनिधिबीच नै कुटाकुट भएर चुनाव नै स्थगित हुने अवस्था आउनुलाई भारतीय सञ्चारमाध्यमले लज्जास्पद रूपमा हेरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्