×

NMB BANK
NIC ASIA

शिक्षामैत्री बन्दै पालिका सरकार

पुस २३, २०७९

NTC
Premier Steels

दिपायल–डोटीका स्थानीय तहले नेपालको संविधानमा उल्लेख गरिएका र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेका अधिकारहरू अभ्यासमा ल्याउन थालेका छन् । 

Muktinath Bank

 स्थानीय तहले सामुदायिक विद्यालयको गुणस्तर खस्केको कारण  गुणस्तरमा सुधार ल्याउन अभिभावक शिक्षासँगै बालमैत्री योजना कार्यान्वयन गरिरहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिकाले शिक्षा क्षेत्रलाई स्थानीय पाठ्यक्रम लागू गरेसँगै गुणस्तरीय शिक्षा कार्यविधि पनि लागू गरेको छ । गाउँपालिकाभित्रका ४२ विद्यालयमा गुणस्तरीय शिक्षा दिन बालविकास सहजता, कम्प्युटर शिक्षक, लेखापाल, निजी शिक्षक कार्यालय सहयोगीका विभिन्न दरबन्दी  सिर्जना गरेर तलबसहित व्यवस्था गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक देउवाले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय शिक्षा क्षेत्र निकै कमजोरसँगै खस्किँदै गइरहेको बेला पालिकाकाले स्थानीय पाठ्यक्रमसहित विभिन्न कार्यविधि बनाई शिक्षामा लगानी गरिरहेको शिक्षा शाखा प्रमुख देउवाले बताए । गुणस्तर सुधार गर्ने, सामुदायिक विद्यालयलाई रोजाइको केन्द्र बनाउने कार्य थालनी गर्न लागिरहेको गाउँपालिकाका उपाध्यक्ष डम्बरी (विष्ट) कलेलले बताइन् ।


Advertisment
Nabil box
Kumari

पालिकाले गरेको अनुगमनमा अभिभावक, वडा समितिले विद्यालयमा शिक्षक उपस्थित छन्÷छैनन्, पूरा समय विद्यालयमा पठनपाठन हुन्छ÷हुँदैन, विद्यालय खोल्नुपर्ने दिनमा विद्यालय खुलेको छ÷छैन जस्ता विषयमा वडास्तरमा तथा समुदायमा छलफल भइरहेको छ । 

Vianet communication

स्थानीय सरकारको स्थापना भए लगत्तै बडीकेदारको शिक्षा प्रणालीमा परिवर्तन भएको बडीकेदार–१ का स्थानीयवासी ललित बडैलाले बताए । पछिल्लो समय पठनपाठनमा देखिएको समस्यासँगै विद्यार्थीले स्कुल छोड्ने क्रम बढेका बेला स्थानीय सरकारले विद्यालयमा विकास निर्माणसँगै शिक्षा कार्यविधि लागू भएकाले यहाँको शिक्षाको गुणस्तरमा परिर्वतन भएको बडैलाले बताए ।

    गुणस्तरीय शिक्षा प्रदान गर्न पालिकाले शिक्षा कार्यविधिसँगै आवश्यक बजेट विनोयोजन गरेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । शिक्षामैत्री बनाउन विद्यालयमा गएको रकम पारदर्शी गराउने, सामाजिक परीक्षण गराउने, विद्यालयका खर्च पादर्शी बनाउने, उपयुक्त वातावरण शिक्षण गराउने, भौतिक निर्माणका कार्यलाई स्तरीयरूपमा सम्पन्न गराउने, विद्यालयमा सुशासन कायम गर्ने लक्ष्यसहित गाउँपालिका लागि परेको अध्यक्ष साउदले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x