११ साउन २०८३, सोमबार

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदैगएको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सय बढी साना ठूला पोखरीबाट यस वर्ष अघिल्लो वर्षभन्दा २५ प्रतिशत धेरै माछा उत्पादन हुने प्रक्षेपण गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले जानकारी दिए । 

गत वर्ष नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएकोमा यस वर्ष २५ प्रतिशत बढेर करिब एक हजार एक सय मेट्रिक टन पुग्ने लामिछानेले बताए । पूर्वी नवलपरासीमा विशेष गरेर रहु, नैनी, सिल्भर कार्प, ग्रासकार्पलगायत स्थानीय जातका माछा पालिँदैआएको छ । यस वर्ष प्रयोगशाला स्थापना, माछा पोखरीमै पुगेर प्यारामिटर परीक्षण गर्नेदेखि नयाँ पोखरी निर्माण गर्दा लागत साझेदारीको आधारमा रोपनीको हिसाबले अनुदान दिइएकाले पनि यो वर्ष उत्पादन बढने न्यौपानेले बताए ।

जिल्लाको दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडीएका धेरै भागमा व्यक्तिगत तथा सामूहिकरुपमा माछापालन गरिँदैआएको छ । निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिणलगायतका जङ्गली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि खेती गर्न  छाडेर किसान माछापालनतर्फ आकर्षित हुन थालेका छन् ।  

खेती गर्दा आफूले कहिल्यै पुरा बाली स्याहार्न नपाएको तर अहिले माछापालन शुरु गरेपछि आर्थिकोपार्जनसँगै जङ्गली जनावरले दुःख दिने झन्झटबाट मुक्त भएको कावासोती नगरपालिका –१३ का किसान लक्ष्मीप्रसाद न्यौपानेले बताए । केही वर्षअघिसम्म भारतीय माछामा निर्भर रहेको जिल्लामा  माछापालन गर्ने किसानको सङ्ख्या र उत्पादन बढेसँगै विस्तारै जिल्ला माछा उत्पादनमा आत्मनिर्भर हुँदैगएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्