०५ साउन २०८३, मंगलबार

एनआइसी बैंकको ‘डबल डिपोजिट’ योजना

कात्तिक २०, २०७४
एनआइसी बैंकको ‘डबल डिपोजिट’ योजना
काठमाडौं, १ भदौ- एनआइसी एसिया बैंकले आफ्ना ग्राहकका लागि ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले रकम जम्मा गरेको निश्चित अवधिपछि दोब्बर रकम भुक्तानी गर्ने योजना ल्याएको हो । योजनाअनुरुप दोब्बर रकम पाउन कम्तिमा एक लाख रुपैयाँ जम्मा गर्नुपर्ने रकम जम्मा गर्ने सर्वसाधारणले ९ बर्षमा दोब्बर रकम भुक्तानी पाउने बैंकले जनाएको छ । संस्थागत निक्षेपकर्ताले भने दोब्बर पाउन १० बर्ष कुर्नुपर्छ । बैंकका देशभर ११९ शाखा र ४ एक्सटेन्सन काउन्टर छन्। बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर वापत १०५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्