२५ असार २०८३, बिहीबार
राजनीति

देउवालाई ओलीको जवाफ– जसलाई प्रधानमन्त्री पद बाँडिरहनु भएको छ, उसले पनि संविधान बुझ्छ

देउवालाई ओलीको जवाफ– जसलाई प्रधानमन्त्री पद बाँडिरहनु भएको छ, उसले पनि संविधान बुझ्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्माले संविधानको व्यवस्थाविपरीत प्रधानमन्त्री पद नबाँड्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । 

शनिवार संसद् भवन नयाँ बानेश्वरमा एमाले सांसदका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ओलीले प्रधानमन्त्रीको उधारो आश्वासन बाँड्नेले पनि संविधान बुझेको भन्दै त्यस्तो धन्धामा नलाग्न देउवालाई सुझाव दिएका हुन् । 

‘देउवाले वीई वील कमब्याक भनेको सुने, ह्वेन दे विल कमब्याक ? पार्टीहरूलाई प्रधानमन्त्री बाँडिरहनु भएको छ’, ओलीले भने, ‘यो सरकारले विश्वासको मत प्राप्त नगरे संविधानको धारा ७६ को ३ अर्थात ठूलो पार्टीको दलको नेताले प्रधानमन्त्री पाउँछ । अहिले संसदमा आएका दलका नेताले त्यतिको धारा नबुझेको होला ?’

पुस १० गते ५ बजेसम्म अल्मल्याएर ७६(३) अनुसारको सरकार बनाउन कांग्रेसले योजना बनाएको ओलीले बताए । ‘हामीलाई त छक्याउन खोज्छ भने, अरुलाई किन नगरोस् । उस(कांग्रेस)को धन्दा त्यही हो ।’

कांग्रेस सभापति देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बनाउन आश्वासन दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आग्रह गरेको चर्चा बाहिरिएको थियो । अध्यक्ष ओलीले नेपालीले बनाएको सरकारलाई सफल बनाउने कर्तव्य एमालेकै रहेको भन्दै २६ गते प्रतिनिधिसभामा बहुमत पुर्‍याउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्