
सुनचाँदी बजारमा आज (आइतवार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु १ लाख २ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १ हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख १ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले बढेर प्रतितोला रु १ हजार ३८० पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।