२३ असार २०८३, मंगलबार

पाकिस्तानमा तीन हप्ता चलाउन पुग्ने खर्च मात्र बाँकी, महंगीले हाहाकार

पुस २४, २०७९
पाकिस्तानमा तीन हप्ता चलाउन पुग्ने खर्च मात्र बाँकी, महंगीले हाहाकार

पाकिस्तानको विदेशी मुद्रा भण्डार विगत आठ वर्षमा सबभन्दा कम भएको खबर छ । 

अहिले पाकिस्तानसँग लगभग ५ अर्ब डलर मात्र छ । 

डन पत्रिकाका अनुसार, सन् २०२२ को डिसेम्बर ३० मा स्टेट बैंक अफ पाकिस्तानसँग जम्मा ५.५७६ अर्ब डलरको फरेक्स रिजर्भ थियो । यति पैसाले पाकिस्तान जम्मा तीन हप्ताका लागि मात्र विदेशबाट आयात गर्न सक्ने स्थितिमा छ ।

विदेशी ऋणमा चुर्लुम्म डुबेको पाकिस्तानले त्यो साता ऋण चुकाएपछि विदेशी मुद्रा भण्डार घटेको हो । 

पाकिस्तानले चीन, साउदी अरब, संयुक्त अरब अमिरात, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिएको छ । अहिले उससँग विदेशी ऋण चुकाउने पैसा पनि छैन ।

अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाकिस्तानले ऋणको नयाँ किस्ताको आशा गरेको भए पनि कुरा मिलेको छैन । चार दिनमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आईएमएफकी प्रमुख क्रिस्टलिना जर्जिभालाई भेट्ने कार्यक्रम छ । 

आर्थिक स्थिति कमजोर बन्दै जाँदा पाकिस्तानमा मूल्यवृद्धि आकासिएको छ । ग्यास सिलिन्डर १० हजार रुपैयाँमा बिकिरहेको छ । 

सस्तो मूल्यमा पाइने पीठो किन्ने लाइनमा झगडा हुँदा एकजनाको ज्यान गएको छ । पाकिस्तानले आर्थिक सहायता नपाउने हो भने हाहाकार मच्चिने देखिँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्