
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले एक हप्तामा कामको औसत घण्टाका विषयमा प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार, दक्षिण र पूर्वी एसियामा सबभन्दा धेरै वर्किङ आवर्स रहेको छ । उत्तर अमेरिका, युरोप र मध्य एसियामा चाहिँ कामको घण्टा सबभन्दा कम छ ।
वर्किङ टाइम यान्ड वर्क लाइफ शीर्षकको रिपोर्टअनुसार, भारत, चीन र ब्राजिलका कामदारले धेरै घण्टा काम गर्नुपर्ने बाध्यता छ ।
सन् २०१९ मा वैश्विक स्तरमा थोक र खुद्रा व्यापारमा सबभन्दा धेरै घण्टा काम गर्नुपर्ने थियो । मानिसहरूले हप्तामा औसत ४९.१ घण्टा काम गरे ।
उता यातायात र सञ्चारमा ४८.२ घण्टा र म्यानुफ्याक्चरिङमा ४७.६ घण्टा काम गर्नुपर्ने हुन्थ्यो । कृषि क्षेत्रमा चाहिँ ३७.९ घन्टा मात्र काम भयो ।
शिक्षामा ३९.३ घण्टा र स्वास्थ्य सेवामा ३९.८ घण्टा काम गर्नुपरेको थियो ।