भारतको समाजवादी पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि त्यस दलका अध्यक्ष अखिलेश यादव शनिवार प्रहरी कार्यालय पुगेका छन् ।
उनले कार्यकर्ता पक्राउ परेकोमा विरोध गरे अनि सरकारको तानाशाही धेरै नचल्ने बताए । आफ्ना समर्थकहरूका साथ उनी प्रहरी कार्यालयमा धर्ना बसे ।
सपा कार्यकर्ताहरूले योगी आदित्यनाथ सरकारविरुद्ध नारा पनि लगाए । प्रहरीले भारतीय जनता पार्टीको इशारामा काम गरेको र सपाका नेताहरूलाई जबर्जस्ती पक्रेर लगिरहेको उनीहरूको आरोप छ ।
प्रहरी कार्यालयमा अखिलेशलाई अधिकृतहरूले चिया पिउने प्रस्ताव गरेका थिए । अखिलेशले चिया पिउन मानेनन् । उनले भने, ‘तपाईंले चियामा विष हाल्नुभएको छ कि ? तपाईंमाथि हामी विश्वास गर्दैनौं ।’
आफूहरूले बाहिरबाट चिया मगाउने र कप चाहिँ प्रहरीको लिने उनको भनाइ छ । त्यसपछि उनले कार्यकर्तामार्फत चिया मगाए ।
अभद्र टिप्पणी गरेको आरोपमा समाजवादी पार्टीका ट्विटर एडमिन मनीष जगन अग्रवाललाई लखनउ प्रहरीले शनिवार बिहान पक्राउ गरेको थियो । उनका विरुद्ध लखनउको हजरतगंज प्रहरी थानामा तीनवटा उजुरी दर्ता गरिएको छ ।
#WATCH समाजवादी पार्टी प्रमुख अखिलेश यादव ने पुलिस मुख्यालय में चाय पीने से इंकार किया।
— ANI_HindiNews (@AHindinews) January 8, 2023
उन्होंने कहा,"हम यहां की चाय नहीं पियेंगे। हम अपनी (चाय) लाएंगे, कप आपका ले लेंगे। हम नहीं पी सकते, ज़हर दे दोगे तो? हमें भरोसा नहीं। हम बाहर से मंगा लेंगे।"
(वीडियो सोर्स: समाजवादी पार्टी) pic.twitter.com/zwlyMp8Q82