१३ असार २०८३, शनिबार

क्यान्सरपीडित नेपाली सैनिक कठेत भन्छन् : बाँच्ने आशा पलाएको छ

कात्तिक २०, २०७४
क्यान्सरपीडित नेपाली सैनिक कठेत भन्छन् : बाँच्ने आशा पलाएको छ
काठमाडौं,१ भदौं – उपचार खर्च अभावमा छटपटाइरहेका नेपाली सेनाका जवान गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ ।


लामोसमयदेखि क्यान्सरबाट पीडित रहेका कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्न समाजले ३ लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।

संखुवासभा काठमाडौं जर्नालिस्ट एशोसिएशन(एसकाज)को समवन्यमा बिहीवार आयोजित कार्यक्रममा समाजका सचिव लीलाबहादुर गुरुङ र एसकाजका अध्यक्ष हेमन्त गौतमले संयुक्तरुपमा उक्त रकम कठेतलाई हस्तान्तरण गरेका हुन् ।

कठेतलाई बोनम्यारो प्रत्यारोपन गर्न १६ लाखको आवश्यकता पर्दछ । परिवारको आर्थिक अवस्था कमजोर रहेको र उता आफू काम गर्ने नेपाली सेनाको जागिरबाट पनि पर्याप्त सहयोग नपाएपछि उनले आर्थिक सहायताको लागि अपिल गरेका थिए ।

समाजबाट आर्थिक सहयोग पाएपछि बिरामी कठेतले भारतमा उपचारको लागि लाग्ने बताए । उनले भने ‘ अब बाँच्ने आशा पलाएको छ।’ उनले सहयाेग गर्ने संखुवासभा समाज हङकङलार्इ धन्यवाद दिए ।

salt training

कमेन्ट गर्नुहोस्