१० साउन २०८३, आइतबार

लुम्बिनीको नेतृत्वमा पुनः एमाले हाबी

लीला गिरी तेस्रो मुख्यमन्त्री बन्ने तयारीमा
लुम्बिनीको नेतृत्वमा पुनः एमाले हाबी

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने भएको छ । यसअघि यहाँ पहिलो कार्यकाल पनि एमालेले नै गरेको थियो । एमालेको नेतृत्वमा नेकपा माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

नेता गिरी एमाले पोलिटब्युरो सदस्य हुन् । लुम्बिनी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका मात्रै २९ जना सांसद छन् । ८७ सदस्य प्रदेश सभामा सरकार गठनका लागि ४४ जना सांसद भए बहुमत पुग्छ । एमाले नेतृत्वको समीकरणमा स्वतन्त्रका दुई जना सांसदसमेत जोड्दा कुल ५४ जना हुन्छ। यो सुविधाजनक संख्या हो ।

एमाले संसदीय दलका नेता गिरीको नेतृत्वमा सरकार गठनका लागि मंगलबार पुस २६ गते मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी छ । त्यसको लागि अहिले सत्ता गठबन्धन दलको बैठक चलिरहेको छ ।

प्रदेश प्रमुख शेरचनले तोकेको समयभित्रै बहुमत सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी पेश गर्नेगरी तयारी भइरहेको एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमीश्वर ढकालले जानकारी दिए । उनले सत्ता समीकरणमा रहेका सबै दल र स्वतन्त्र समेतको समर्थनमा सरकार गठन र मन्त्रालयको भागबण्डालगायत आन्तरिक छलफल जारी रहेको बताए । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) २९, नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ४, जसपा ३, लोसपा ३, एकीकृत समाजवादी पार्टी १, जनमोर्चा १ र अन्य (स्वतन्त्र) २ जना छन् । 

लुम्बिनीमा एमाले नेतृत्वको समीकरणविरुद्ध कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जनमोर्चा छन् । कांग्रेसका २७, लोसपाका ३ तथा जनमोर्चा र समाजवादीका एक/एक जना सांसद छन् । समाजवादीले यहाँ प्रत्यक्षमा एउटा पनि सिट जितेको छैन । समानुपातिकबाट एक जना मात्र सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्