×

NMB BANK
NIC ASIA

टिकटकबाट म्युजिक भिडियोमा उदाएकी ‘मिस पबि’ : कति लिन्छिन् पारिश्रमिक ?

पुस २५, २०७९

NTC
Sarbottam
तस्वीर : मिस पबिको फेसबुकबाट
Premier Steels
Marvel

पछिल्ला वर्ष टिकटकबाट म्युजिक भिडियोमा उदाउने कलाकारहरूको संख्या ठूलो छ । त्यसमध्ये केही कलाकारहरू म्युजिक भिडियोमा राम्रैगरी जमिरहेका पनि छन् ।

Muktinath Bank

प्रिज्मा– प्रिन्सी खतिवडा, गरिमा शर्मा, गीता ढुंगाना, सुधार श्रेष्ठ लगायतका कलाकारहरू टिकटकबाटै उदाएका हुन् जो म्युजिक भिडियोमा ‘डिमाण्डेड’ मानिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गरिमा शर्मा त यतिबेला चलचित्रको अभिनेत्री समेत बनिसकेकी छिन् ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय टिकटकबाट म्युजिक भिडियोमा उदाउनेमध्येमा पर्छिन् पवित्रा साँकी अर्थात ‘मिस पबि’ । डडेल्धुराकी उनी टिकटकमा निकै चर्चित छिन् । उनै ‘मिस पबि’ यतिबेला एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छिन् । 

Vianet communication
Laxmi Bank

केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सर्वाधिक चर्चा दिलाउने गीत भने ‘जुम्ला’ हो ।

दुई साताअघि युट्युबमा सार्वजनिक सुनिल गिरीको उक्त गीतले निकै राम्रो भ्युज पाइरहेको छ ।

यो गीतले चर्चा पाएसँगै उनलाई एकपछि म्युजिक भिडियोहरूबाट मोडलिङका लागि ‘अफर’ आइरहेका छन् ।  ‘जुम्ला’ पछि मिस पबिले केही म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । 

जसमध्ये ‘संग संगै’बोलको गीत माघको १ गते सार्वजनिक हुँदैछ । 

थुप्रै गीतहरूबाट अफर आउने गरेको भएपनि मिस पबिले छनोट गरेर मात्रै मोडलिङ गर्ने गरेकी छिन् । 

उनी एउटा म्युजिक भिडियोमा मोडलिङ गरेको ३० हजार रुपैयाँ पारिश्रमिक माग्ने गरेकी छिन् । आफ्नो गीतमा मिस पबिलाई मोडलिङ गराउन लागेका एक गायकले भने – ‘३० हजार रुपैयाँ भन्नुभयो । त्यसमा केही मिलाउँला भन्नुभएको छ ।’ 

अहिले भिडियोमा काम गरिरहेकी मिस पबिको रुचि चलचित्रतिर पनि छ । कथा, टिम चित्त बुझ्यो भने चलचित्रमा पनि अभिनय गर्ने उनी बताउँदै आएकी छिन् । अभिनयप्रतिको रुचि भने आफूमा सानैदेखि रहेको उनले बताएकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x