नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमवार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले एमाले, माओवादी, राप्रपा र दीपक मनाङेसहित ३३ सांसदको समर्थन लिएर मुख्यमन्त्री पदमा दाबी गरेका थिए ।
स्वतन्त्र निर्वाचित मनाङे केही समयअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे पनि सरकार बनाउन एमालेलाई समर्थन गरेका हुन्
अधिकारीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।