०८ साउन २०८३, शुक्रबार

मन्त्री, सांसद र नेताप्रति चरम वितृष्णा छ, जे कुरा पनि सेटिङबाट हुन्छ : चित्रबहादुर केसी

मन्त्री, सांसद र नेताप्रति चरम वितृष्णा छ, जे कुरा पनि सेटिङबाट हुन्छ : चित्रबहादुर केसी
फाइल फोटो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरूको चालचलनकै कारण गणतन्त्र र संघीयताप्रति नागरिकमा चरम वितृष्णा आएको बताएका छन् ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै केसीले नेताहरूले आफ्नो स्वार्थका कारण नागरिकमा चरम वितृष्णा थोपरेको बताएका हुन् ।

‘संघीयताका कारण नेतालाई सांसद र मन्त्री बनाउन पाउँदा नेताको दिल खुश होला तर आजका दिनमा पनि जो दलबाट होस् यो व्यवहारबाट जनता खुशी छैनन् । मन्त्री, सांसद र नेताप्रति नागरिकमा चरम वितृष्णा छ । जे कुरा पनि सेटिङबाट हुन्छ,’ केसीले भने, ‘सबैतिर सेटिङमा काम हुने भएपछि गणतन्त्र, संघीयता र व्यवस्थाप्रति नै नागरिकमा वितृष्णा छ । गणतन्त्रमाथि कोहीबाट खतरा छ भने त्यो विरोधीबाट होइन, गणतन्त्रका लागि लडेकैबाटै छ ।’

राजनीतिक गतिविधि नै चुनावमा खर्च गरेको पैसा उठाउने र हरेक ठाउँमा सेटिङतर्फ केन्द्रित रहनु चरम सत्ता स्वार्थ भएको आरोप उनले लगाए ।

salt training

कमेन्ट गर्नुहोस्