०३ साउन २०८३, आइतबार

खड्का र सिटौलालाई ‘साक्षी’ राखेर देउवाले गरे प्रचण्डसँग छलफल

खड्का र सिटौलालाई ‘साक्षी’ राखेर देउवाले गरे प्रचण्डसँग छलफल

कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । मंगलबार प्रचण्डले संसदमा विश्वासको मत लिन लागेको सन्दर्भमा उनी देउवालाई भेट्न धुम्बाराहीस्थित निवास पुगेका थिए । 

निवासमा देउवाले प्रचण्डसँग दुई नेताहरु उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौलालाई ‘साक्षी’ राखेर छलफल गरेका हुन् । छलफलका क्रममा प्रचण्डले आफूलाई विश्वासको मत दिन देउवासँग आग्रह गरेको बताइएको छ । जवाफमा देउवाले यसबारे मंगलबार बस्ने पार्टीको पदाधिकारी बैठकमा छलफल गरेर निर्णय लिने सकारात्मक जवाफ दिएका छन् । 

देउवा र प्रचण्डबीच एक महिनाअघिसम्म सहकार्य थियो । तर, प्रधानमन्त्रीमा भागबण्डा नमिलेपछि प्रचण्ड एमालेसहितका दलसँग सहकार्य गरेर प्रधानमन्त्री बनेका थिए । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले प्रचण्डले मंगलबार यो प्रक्रिया पुरा गर्न लागेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्