१८ असार २०८३, बिहीबार

बार्सिलोनामा आतंककारी हमला : १३ को मृत्यु, नेपाली सुरक्षित

कात्तिक २०, २०७४
बार्सिलोनामा आतंककारी  हमला :  १३ को मृत्यु, नेपाली सुरक्षित
स्पेन, २ भदौ — स्पेनको पर्यटकीय शहर बार्सिलोनाको कातालोनिया रामलामा आंतङ्कारी हमला हुँदा १३ जनाको मृत्यु भएको छ । यस्तै कम्तीमा ५० जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।170817131607-14-spain-crash-0817-exlarge-169 (1)
विहिबार साँझ रामलाको कातालोनियामा मोरक्किन निवासी ड्रिस औकाविरले टुरिष्ट एरियामा प्रवेश गरी मानिसको भीडमा तिब्र गतिमा भ्यान दौडाई हमला गरेको प्रहरीले जनाएको छ ।

सेतो रंङ्गको समान बोक्ने मिनि भ्यानको प्रयोग गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ । भ्यानको नम्बर भने गोप्य राखिएको छ ।
घटनामा अर्को भ्यान पनि प्रयोग गरिएको तर त्यसलाई प्रहरीले समयमै नियन्त्रण लिन सफल भएको समाचारमा जनाइएको छ ।

घटनासँगै कातालोलिया सरकारले सुरक्षा ब्यवस्थालाई ब्यापक कडा बनाएको छ । उक्त घटनामा कोहि पनि नेपालीहरु नपरेको एनआरएनए स्पेनका महासचिब कृष्ण प्रसाद भुषालले लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्