माघ १७, २०७९
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्...
काठमाडाैं | पुस २९, २०७९
गत वर्षको पुस मसान्तको तुलनामा यो वर्षको पुस मसान्तसम्ममा आइपुग्दा अर्थतन्त्रमा धेरै सुधार भएको छ । गत वर्ष यतिबेला हामी अर्थतन्त्रका सूचकप्रति आत्तिएका थियौं । कोभिडपछिको प्रभाव देखिन थालेको र अर्थतन्त्रका सूचक निरन्तर नकारात्मक हुँदै गएको अवस्था थियो ।
पछिल्लो समय राष्ट्र बैंकले नगद मार्जिन राख्ने, आयातमा प्रतिबन्ध लगाउन गरेको सिफारिस सहितले अर्थतन्त्र जोगाइराख्न सहज बनाएको छ ।
गत वर्षको तुलनामा यो वर्षको पुसमा आइपुग्दा आयात धान्न सक्ने क्षमता बढेको छ । मंसिरसम्मको तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । आयात धान्न सक्ने क्षमता कम हुँदै ६ महिनासम्म झरिसकेको थियो भने अहिले ९ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति छ ।
रेमिट्यान्स बढेको छ । एकै महिनामा १ खर्ब रुपैयाँ हाराहारीमा रेमिट्यान्स भित्रिन थालेको छ । पछिल्लो केही महिनादेखि रेमिट्यान्स निरन्तर बढिरहनुले पनि अर्थतन्त्रलाई थप सहज बनाउँदै गएको भन्न सकिन्छ ।
गत वर्षको यो अवधिमा करीब अढाई खर्ब रुपैयाँले सञ्चिति घटेको थियो । सञ्चिति घटेकै कारण केन्द्रीय बैंकले अनिवार्य मार्जिनको व्यवस्था गरेको, बैंक रेट बढेको, जसको कारणले ब्याजदर पनि बढेको थियो । अर्थतन्त्रमा परेको दबाबकै कारण सरकारले १२ वटा वस्तुमा आयात प्रतिबन्ध समेत गर्यो ।
हामी आयात बढी गरेर खपत गर्ने गर्छौं । बढी आयात हुँदा हाम्रो खपत क्षमता बढी बढ्यो । आयात कम गरेर घटाउने प्रयास पनि गरियो । सरकारको आम्दानीको स्रोतमा भन्सार राजस्वको हिस्सा ठूलो भएको हुँदा आयात कम हुँदा निश्चित रूपमै राजस्व घटेको पनि देखिन्छ । पछिल्लो समय आयात प्रतिबन्ध हटाएको र नगद मार्जिन पनि कम हुँदै गएको छ ।
अन्तर बैंक दर पनि घट्दै गएको छ । १० प्रतिशतसम्म पुगिसकेको यस्तो बैंक दर ८ प्रतिशतसम्म आइपुगिसकेको छ । ब्याजदरको ग्राफ पनि घट्न थालिसकेको छ ।
आगामी महिनाबाट ब्याजदर थप घटाउने भनेर बैंकहरूले नै निर्णय गरिसकेका छन् । पछिल्लो समय तरलता पनि सहज हुँदै गएको छ । पर्यटक आगमनमा सुधार, रेमिट्यान्स बढेको, विदेशी लगानी समेत केही हदसम्म बढेको र तरलता सहज हुँदै जानुलाई अर्थतन्त्रमा सकारात्मक संकेत हो भनेर बुझ्नुपर्छ ।
अन्तर्राष्ट्रिय सिनारियो हेर्ने हो भने पनि अहिले हाम्रा लागि धेरै सहज हुँदै गएको छ । विश्व बैंकले गरेको पछिल्लो प्रक्षेपणले २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको छ । पछिल्लो समय अरु देशमा भइरहेको नकारात्मक वृद्धिबीच नेपालमा भने सकारात्मक वृद्धिदर आउनुलाई पनि राम्रो मानिनुपर्छ ।
अर्थतन्त्र चलायमान भएको पनि पछिल्लो समयको निक्षेपले देखिन थालेको छ । अर्थतन्त्र चलायमान भएपछि सबै सानातिना गतिविधि पनि बढ्न थाल्छ । आमजनताको अपेक्षा र विश्वास पनि बढ्दै जाने हुन्छ । पछिल्लो समय शेयर बजार पनि वृद्धि भएको देखिएको छ । हामीले शेयर बजार र घरजग्गामा मात्रै हेर्नुभन्दा पनि आमजनतामा बढेको विश्वासलाई हेर्नुपर्छ ।
पछिल्लो समय बैंकहरूमा देखिएको मर्जर पनि राष्ट्र बैंकले लिएकै नीतिको सकारात्मक प्रभाव हो भनेर बुझ्नुपर्छ । राष्ट्र बैंकले लिएको मर्जर नीतिका कारण यसअघि फाइनान्स र विकास बैंकहरू मात्रै मर्जर भएका थिए । पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालको पालामा आएको मर्जर नीतिले काम गरेको भए पनि वाणिज्य बैंकहरूमा भने खासै प्रभावकारी भएको थिएन ।
अहिले भने राष्ट्र बैंकले लिएकै मर्जर नीतिका कारण धेरै वटा बैंक मर्जर हुन पुगे । राष्ट्र बैंक उदार नियामक भएकै कारण पछिल्लो १ वर्षमै २७ वटाबाट २० वटा वाणिज्य बैंक आइपुग्ने गरी मर्ज भइरहेका छन् । संख्याका हिसाबले हेर्ने हो भने पनि ३२ वटा वाणिज्य बैंकबाट १२ वटा घट्नु भनेको राम्रो उपलब्धि हो ।
पछिल्लो समय भएको मर्जरको लहरकै कारण ५० अर्ब रुपैयाँभन्दा बढी कूल पुँजीका वाणिज्य बैंक बन्न सकेका छन् । केन्द्रीय बैंकले अवलम्बन गरेको मर्जर सम्बन्धी नीतिको सफल कार्यान्वयन पछिल्लो ६ महिनामा हुन पुगेको छ ।
वाणिज्य बैंकहरूले केन्द्रीय बैंकले कुनैलाई पनि बलपूर्वक मर्जर गर्नु भनेको छैन । आवश्यकता र उस्तै प्रकृति मिल्नेसँग मर्जरमा जान हामीले प्रोत्साहन भने गरिरहेका थियौं । जसका कारण बैंक बलियो मात्रै नभएर सख्ंया पनि घटाउन सकिएको छ । अझै घट्ने संकेत देखिएको छ ।
बैंकहरू अझै मर्जरमा गएर संख्या घट्न सक्ने सम्भावना पनि छ । बैंकहरू अझै बलियो बनाउन नियामक लागिरहेको छ । पछिल्लो समयको आवश्यकता बैंक बलियो मात्रै नभएर अर्थतन्त्र सुढृढ बनाउने प्रयास पनि केन्द्रीय बैंकले गरिरहेको छ ।
(नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रसँग लोकान्तरले गरेको कुराकानीमा आधारित ।)
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्...
अर्थ मन्त्रालयले अनावश्यक खर्च नियन्त्रण गर्न निर्णय गरेसँगै राज्यको करिब २५ अर्ब जोगिने भएको छ । सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो । बजेट खर्च प्रणालीलाई पुन...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर...
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरवलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण...
अर्थ मन्त्रालयले ३ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलल...
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ । लक्ष्यअनुसार राजश्व संकलन नभएको भन्दै मन्त्रालयले केही वस्...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...