२२ जेठ २०८३, शुक्रबार

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सुन बिहीवार प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ पुगेकामा अघिल्लो दिन १ लाख २ हजार ९०० रुपैयाँ थियो । 

शुक्रवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटी १ हजार ३६५ कायम भएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्