२२ जेठ २०८३, शुक्रबार

कांग्रेस र नेकपा एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

कांग्रेस र नेकपा एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

प्रदेश १ का नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाइ मत नदिने जनाएको छ ।

सरकारले विश्वासको मत माग्न पत्रसमेत नपठाएकाले विश्वासको मत नदिने कांग्रेस संसदीय दलका नेता उद्बव थापाले बताए । सधैँ सहयोग गर्न तयार रहे पनि विश्वासको मत दिन नसकिएको उनले बताए। यस्तै नेकपा (एकीकृत समाजवादी) ले पनि विश्वासको मत नदिने भएको छ ।

'सरकारको स्थायित्वको कामना दीर्घायुको कामना गर्न चाहन्छु तर भावी कार्यक्रम र प्रतिबद्धता नल्याएका कारण विश्वासको मत दिन सक्ने अवस्था छैन,' नेकपा एस संसदीय दलको नेता राजेन्द्र राईले भने, 'केपी ओली नेतृत्वको सरकारले गरेका काम हेरेर पनि एमाले नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने आधार नै छैन ।'

हिजो गरेका गल्ती नसच्याएकाले साथ दिन नसकिएको उनले बताए । मुख्यमन्त्रीले विश्वासको मत माग्ने छलफल नै नगरेको समेत उनले बताए । संसदमा पनि मुख्मन्त्रीले पेलेर लान खोजेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्