२९ जेठ २०८३, शुक्रबार

प्रदेश १ को उपसभामुखमा कांग्रेसको पनि उम्मेदवारी

प्रदेश १ को उपसभामुखमा कांग्रेसको पनि उम्मेदवारी

प्रदेश १ को उपसभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिएको छ । 

सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट लीला राईको उम्मेदवारी परेको हो।

दुवै उदयपुरका हुन् । समानुपातिक तर्फबाट उनीहरूले प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए । सभामुखमा भने कांग्रेसले उम्मेदवारी दिएको थिएन । प्रदेश सभा सचिवालयले बिहीबार उपसभामुखको निर्वाचनको लागि कार्यपालिका सार्वजनिक गरेको थियो।

निर्वाचनको मिति पुस ३० गते ११ बजेका लागि तोकिएको छ । दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ। 

सत्ता गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ सिट छ।  माओवादीका बाबुराम गौतम सभामुख भएकाले सत्ता गठबन्धनमा ५९ मत हुन्छ भने विपक्षी दलहरूमा कांग्रेसको २९ र नेकपा (एकीकृत समाजवादी) का ४ गरी ३३ सांसद छन्

बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन्प्रदेशशभमा ९२ सांसद छन् । 

केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार एमालेले मुख्यमन्त्री र  उपसभामुख पाउँछ भने माओवादीले सभामुख पाइसकेको छ । सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।

salt training

कमेन्ट गर्नुहोस्