०२ असार २०८३, मंगलबार

लोकदोहोरी गायक बद्री पंगेनीले नचाए दर्शक

लोकदोहोरी गायक बद्री पंगेनीले नचाए दर्शक

चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनीले आफ्नो प्रस्तुतीमार्फत् दर्शकलाई नचाएका छन् । गायक पङ्गेनीले गीत गाउँदा दर्शकहरुले उनलाई साथ दिँदै छमछमी नाचेका थिए । 

स्टेज उक्लिएका गायक पङ्गेनीले छुवाछुत विरुद्धको गीत ‘कला चल्यो, गला चल्यो, मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्छे चलेन...’, ‘तिम्रो साथमा रातो पछ्यौरी...’, ‘भीरको बाटो दुई घण्टा हिँडियो...’, ‘पानी सलल...’ लगायतका गीतहरु गाएर दर्शकलाई छमछमी नचाएका थिए ।

गायक पङ्गेनीले प्रत्यक्ष दोहोरी गाएर समेत दर्शकलाई मनोरञ्जन दिएका थिए । गायक पङ्गेनीले गायिका अस्मिता डल्लाकोटीसँग दोहोरी गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । 

कार्यक्रममा लोकदोहोरी गायक प्रजापति पराजुली तथा जादुगर बलराम सरकारको समेत प्रस्तुती रहेको थियो । त्यस्तै शुक्रबार राष्ट्रिय लोकदोहोरी प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम भएको महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार जादुगर बलराम सरकार, गायक भुवन प्यासी, हास्य कलाकार दिपक थापा मगर, प्रजापति पराजुलीको प्रस्तुतीसँगै दोहोरी गीत प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम भएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्