३१ जेठ २०८३, आइतबार

महोत्सवमा खेल पर्यटनसम्बन्धी अन्तरक्रिया

महोत्सवमा खेल पर्यटनसम्बन्धी अन्तरक्रिया

चितवनको खेल पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले चितवनमा जारी महोत्सवमा आज शनिबार ‘खेल पर्यटनको गन्तव्य ः चितवन’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष एवं महोत्सव प्रवर्धन समितिका संयोजक राजेन्द्र ओलीले चितवन महोत्सव अन्तर्गत शनिबार खेल पर्यटनसम्बन्धी गोष्ठी हुने जानकारी दिए । 

सो गोष्ठीमा विभिन्न विषयका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने तथा सहभागीहरुसँग अन्तरक्रिया गर्ने उनले बताए । आज शनिबार बिहान ११ बजे उद्योग वाणिज्य संघ चितवनको सभाहलमा खेल पर्यटनसम्बन्धी अन्तरक्रिया हुन लागेको ओलीले बताए । 

त्यसैगरी, शनिबार बिहान ८ बजे उद्योग वाणिज्य संघ चितवनबाट साइकल ¥यालीको आयोजना गरिएको ओलीले जानकारी दिए । बजारका विभिन्न भाग परिक्रमा गर्दै महोत्सव स्थलमा पुगेर साइकल ¥याली समापन गरिने उनको भनाइ छ । त्यस्तै, महोत्सव अन्तर्गत नै माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषिसम्बन्धि गोष्ठी तथा अन्तरक्रिया हुने ओलीले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्