२८ जेठ २०८३, बिहीबार

आचरण पालना नगर्ने प्रबृत्ति स्वीकार्य हुँदैन : प्रधान सेनापति शर्मा

आचरण पालना नगर्ने प्रबृत्ति स्वीकार्य हुँदैन : प्रधान सेनापति शर्मा

प्रधान सेनापति प्रभुराम शर्माले बहालवाला एवं अवकाशप्राप्त सकलदर्जा तथा आश्रित परिवारजनको कल्याण आफ्नो प्राथमिकताको बिषय भएको बताएका छन् । ब्यक्तिगत स्वार्थका लागि संगठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमाण्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने उनको भनाइ छ । 

नेपाली सेनाको जनशक्ति ब्यवस्थापन, संगठनात्मक गतिबिधिहरूको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्वन्धि जिम्मेवार “कार्यरथी विभाग” द्वारा शुक्रबार यहाँ आयोजित कार्यरथी सम्मेलन २०७९ मा प्रधान सेनापति शर्माले त्यस्तो बताए ।

समापन कार्यक्रममा कार्यरथी उपरथी सागरबहादुर थापाले धन्यवाद मन्तव्य ब्यक्त गर्नुभएको थियो । सो दौरान प्रधान सेनापति शर्माले अवकाश प्राप्त कार्यरथीहरुलाई सम्झनास्वरुप उपहार प्रदान गरेका थिए । शर्माले सैनिक जनशक्तिको व्यवस्थापन तथा सकलदर्जाको अनुशासन कायम राख्न कार्यरथी विभागले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।  

सम्मेलनमा अवकाश प्राप्त कार्यरथीहरूका साथै बलाध्यक्ष सिताराम खड्का, रथीवृन्द तथा अधिकृतको सहभागिता थियो । आपसी अन्तरक्रिया तथा पूर्व कार्यरथीहरुको अनुभव आदानप्रदानबाट प्राप्त राय सुझावले नेपाली सेनालाई जिम्मेवारी निर्वाह गर्न र भावी नीति तथा योजना निर्माणमा ठोस योगदान प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्