२३ असार २०८३, मंगलबार

प्रतिबन्धित लागुऔषधसहित दुई जना नियन्त्रणमा

प्रतिबन्धित लागुऔषधसहित दुई जना नियन्त्रणमा

झापाको प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चौकबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिउको छ । मेचिनगर नगरपालिका वडा नं. ७ बस्ने वर्ष २५ वर्षीय विकाश राजवँशी र सोही स्थान बस्ने २४ वर्षीय निर्मल भुजेललाई शंकास्पद बस्तुसहित शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु बोकेको शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम फेला परेको प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता वसन्त पाठकले बताए । उनका अनुसार निजहरु दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्