१७ असार २०८३, बुधबार

अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टरसहित चालक नियन्त्रणमा

अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टरसहित चालक नियन्त्रणमा

प्रहरी कार्यालय झापाले अवैध रुपमा गिटी बालुवा उत्खनन् गर्ने दुई ट्याक्टरसहित चालकलाई शुक्रबार नियन्त्रणमा लिएको छ । 

प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी वसन्त पाठकका अनुसार प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ३ स्थित निन्दा खोलाबस्ने २० वर्षीय सागर तामाङले चलाएर ल्याएको प्रदेश १–०१–००१ त ८९४२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

त्यस्तै,  सोही स्थान बस्ने २२ वर्षीय सुजन धिमालले चलाएर ल्याएको प्रदेश १–०१–००१ त ८३१७ नम्बरको ट्याक्टरले अबैध रुपमा गिटी बालुवा उत्खनन् गरिरहेको अबस्थामा फेला पारी चालकहरुसहित नियन्त्रणमा लिइएको प्रवक्ता पाठकले बताए । पक्राउ परेका चालकलाई आवश्यक कारवाहीका लागि मेचिनगर नगरपालिकाको कार्यालयमा बुझाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्