१० साउन २०८३, आइतबार

करोडौं कमाएर पनि वर्षभर ३७ पटक मात्रै नुहाउने यी चर्चित मोडल, के हो रहस्य ?

पुस ३०, २०७९
करोडौं कमाएर पनि वर्षभर ३७ पटक मात्रै नुहाउने यी चर्चित मोडल, के हो रहस्य ?

चर्चित मोडलहरू करोडौं रुपैयाँ कमाउँछन्, हाईफाई जीवनशैलीमा रमाउँछन् । तर यस्तै चर्चित मोडलले वर्षभर ३७ पटक मात्रै नुहाउँछिन् भन्दा पत्यार नलाग्न सक्छ ।

अमेरिकाकी मोडल एलाले आफूले सन् २०२२ मा ३७ पटक मात्रै नुहाएको खुलासा गरेकी छन् । ट्विटरमा वर्षभरिका गतिविधिको विवरण सार्वजनिक गर्दै एलाले आफूले कम नुहाउने गरेको जनाइन् । उनी वार्षिक १६ करोडभन्दा बढी रुपैयाँ कमाउँछिन् ।

उनले ३३ पटक यात्रा गरेको, २३ पटक व्यायाम गरेको, ६ पटक अरुसँग घुम्न गएको बताएकी छन् ।

थोरै नुहाउनुको कारणबारे समेत उनले खुलासा गरेकी छन् । एक ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै उनले ‘नेचुरल स्किन’लाई प्रभाव पर्न नदिन कम नुहाउने गरेको बताइन् । ‘यदि मैले धेरै नुहाएमा मेरो शरीर गन्हाउँछ,’ उनले भनिन् । तर उनले अन्य तरिकाबाट शरीरको सफाइ राख्ने गरेको बताइन् ।

नुहाएपछि शरीरलाई हुने घाटाबारे आफू जानकार रहेको बताउँदै उनले साबुनले नुहाएपछि शरीर गन्हाउने गरेको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्