×

NMB BANK
NIC ASIA

राजनीतिक स्थायित्वका लागि भरपर्दो राजनीतिक एलायन्स बनाउनुपर्छ : प्रदीप ज्ञवाली

पुस ३०, २०७९

NTC
Premier Steels
Marvel

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिक स्थायित्वका लागि भरपर्दो राजनीतिक एलायन्स वा प्रणालीमा पुनर्विचार गर्नुपर्ने बेला भएको बताएका छन् ।

Muktinath Bank

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष विषयक पुस्तक विमोचनको छलफल कार्यक्रममा ज्ञवालीले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पञ्चायतदेखि यता २२ वटा सरकार फेरिनुले राजनीतिक अस्थिरता दीर्घरोगको रुपमा रहेको देखाउँछ । यसलाई हामीले गहिराइका साथ हेर्नुपर्छ । सामान्य अवस्थामा प्रतिनिधिसभाले पूर्ण कार्यकाल बिताओस् भन्ने सोच्यौं । संविधान बनाउँदा यो परिकल्पना पनि गर्यौं । राजनीतिक स्थायित्वको स्रोत प्रतिनिधिसभाको फुलटर्मले आफैं राजनीतिक स्थायित्व दिन्छ कि दिँदैन ? पाँच वर्ष चल्नु नै राजनीतिक स्थिरता हो कि होइन ? यो छलफलको विषय भएको छ’, ज्ञवालीले भने, ‘मिश्रित निर्वाचन प्रणालीमा १६५ र ११० सदस्य छ । तर यसको अभ्यासमा हामीले भरपर्दो एलान्स वा प्रणालीमा पुनर्विचार गरेर जाँदा राजनीतिक स्थायित्व कायम गर्न सक्छ कि भन्नेतिर जानुपर्ने हुन सक्छ ।’ 


Advertisment
Nabil box
Kumari

सरकार र व्यवस्था चलाउन नसक्ने तर ऐना पुछेको पुछ्यै कहिलेसम्म गर्ने भन्दै उनले भने, 'समस्या नयाँ ढंगले हेर्ने हो भने टिकाउ एलान्सले यसको ग्यारेन्टी गर्ने गर्छ । निर्वाचनमा एलायन्स बन्छ कायर्कर्ताले भोट हाल्छन् । तर काठमाडौं नआउँदा अलायन्स भत्किन्छ भने यस्तोमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने ? यसको समाधानको लागि प्राज्ञिक खोजी गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

Vianet communication
Laxmi Bank

नागरिकले परिवर्तनको बोध नगरेसम्म, आफ्नो दैनिकी र व्यवहारसँग राज्य कसरी जोडियो र परिवर्तनको अनुभूति नगराएसम्म राजनीतिक स्थायित्व दिन नसक्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x