२३ असार २०८३, मंगलबार

पत्रकार कृष्ण कँट्टेलमाथि नयाँबानेश्वर चोकमा हातपात

पत्रकार कृष्ण कँट्टेलमाथि नयाँबानेश्वर चोकमा हातपात

काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर चोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा शुक्रबार पत्रकार कृष्ण कट्टेलमाथि स्थानीय व्यापारीले हातपात गरेका छन् ।

सो क्रममा एक मोबाइल पसल सञ्चालकले संवेदनशील अंगमा लात्ती प्रहार गरेका हुन् ।

घटनाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथि स्थानीय व्यापारी एकसाथ जाइलागेका हुन् ।

त्यस क्रममा पत्रकार कट्टेलमाथि उक्त मोबाइल सञ्चालक व्यापारीले भौतिक आक्रमण गरेका हुन् । मिडियाले आफूहरूको विपक्षमा लेख्ने गरेको भन्दै व्यापारी समूहले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।

 ‘अरू मिडियाकर्मीसँगै ममाथि जाइलाग्ने क्रममा उक्त मोबाइल पसलेले एक्कासि मलाई तीन लात्ती प्रहार गर्नुभयो । नबुझी जे पायो त्यही समाचार लेख्ने भन्दै जाइलाग्ने क्रममा उहाँले मेरो संवेदनशील अंगमा प्रहार गर्नुभयो’, पत्रकार कट्टेलले भने ।

प्रहरी वृत्त नयाँबानेश्वरमा हातपात गर्नेमाथि कारबाहीको माग गर्दै उपस्थित पत्रकारले उजुरी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्