२३ जेठ २०८३, शनिबार

सरकार विस्तारबारे प्रधानमन्त्री प्रचण्ड र उप्रधानमन्त्री लामिछानेबीच भेट

सरकार विस्तारबारे प्रधानमन्त्री प्रचण्ड र उप्रधानमन्त्री लामिछानेबीच भेट

सरकार विस्तारको तयारीबारे प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन्। 

सत्ता साझेदार रास्वपा अध्यक्ष लामिछानेकै नेतृत्वमा सरकारमा छ। 

मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै जाँदा दुई नेताबीच मन्त्रालय भागबण्डाको विषयलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो।

रास्वपाबाट अहिले अध्यक्ष लामिछाने मात्र मन्त्री छन्। प्रधानमन्त्री प्रचण्डले संसदबाट 'प्रचण्ड' विश्वासको मत पाएसँगै सरकारमा जाने दलहरू समेत थपिएका छन्। यस्तोमा रास्वपालाई कति र कुन कुन मन्त्रालय र ककसलाई मन्त्री बनाउने विषयमा छलफल भएको हो। रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री दाबी गरेको छ।

तर उसले दुई मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना छ। ​मन्त्रिपरिषद् विस्तारबारे आज बिहान प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्