
विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रसाद २’को छायाँकन सकिएको छ ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्रको छायाँकन ३१ दिनमा शनिवार पुरा भएको हो ।
निर्देशक थापाले केही तस्वीरहरु सार्वजनिक गर्दै चलचित्रको छायाँकन सकिएको जानकारी दिएका हुन् ।
छायाँकन सकिएको चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । निर्देशक थापाका अनुसार आगामी नयाँ वर्ष अर्थात् २०८० सालको वैशाख १ गते चलचित्र प्रदर्शनमा आउनेछ ।
सुदर्शन बस्नेतको लगानी रहेको चलचित्रको कार्यकारी निर्माता सुवास थापा हुन् ।
सुशील पौडेलको कथा लेखन रहेको चलचित्रमा विपिन र केकीका साथमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतको अभिनय छ ।
