०५ साउन २०८३, मंगलबार
विमान दुर्घटना

घटनास्थलबाट कास्कीका सीडीओले भने– २५ जनाको शव निकालियो

घटनास्थलबाट कास्कीका सीडीओले भने– २५ जनाको शव निकालियो
तस्वीर : अरुण तमुको फेसबूक लाइभबाट

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।

९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सले जनाएको छ ।​ दुर्घटनाग्रस्त विमानमा आगो लागेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनाग्रस्त विमानबाट हालसम्म २५ शव निकालिएको बताए ।

'हालसम्म २५ वटा शव निकालिसकिएको छ,' उनले लोकान्तरसँग भने, 'जीवित उद्धार हुने सम्भावना एकदम न्यून छ।'

अहिले सबै सुरक्षाकर्मीलाई आगो निभाउन परिचालन गरिएको हुनाले थप विवरण केही समयमा आउने उनले बताए ।

दुर्घटना भएको क्षेत्र धुवाँले ढाकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्