
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको हो।
प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
दुर्घटनाको विवरण बुझ्न प्रचण्ड गृहमन्त्री रवि लामिछानेसहित त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाएका छन्।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सले जनाएको छ ।