
पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनापछि नेपालस्थित चिनियाँ तथा अमेरिका दूतावासले दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमामार्फत अमेरिकी दूतावासले लेखेको छ - पोखरामा आज बिहान भएको यति एयरलाइन्सको दु:खद दुर्घटनाले हामी अत्यन्त मर्माहत भएका छौं। हामी स्थितिलाई सावधानीपूर्वक अनुगमन गरिरहेका छौं।'
त्यस्तै चिनियाँ राजदूत चेन सङले लेखेका छन्- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु। यस दुःखद् घडीमा हामी नेपाली जनताको साथमा छौं मृतकहरूप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु ।'