०९ साउन २०८३, शनिबार

शिवम् सिमेन्ट्सले शेयरधनीहरूलाई साढे १० प्रतिशत लाभांश दिने

शिवम् सिमेन्ट्सले शेयरधनीहरूलाई साढे १० प्रतिशत लाभांश दिने

शिवम् सिमेन्ट्स लिमिटेडले २०७८/०७९ को सातौं वार्षिक साधारण सभा २९ गते शुक्रबार हेटौंडास्थित होटल सामनामा सम्पन्न गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १०.५३ (दश दशमलव पाँच तीन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्ताव पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, श्री गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरू निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरूको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरेबमोजिम सरकारका पूर्वसचिवसमेत रहेका चन्द्रकुमार घिमिलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।  

उक्त सभाबाट ०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आर्थिक २०७९/०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्न सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आबद्ध  उत्कृष्ट केही कर्मचारीलाई पुरस्कृत पनि गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्