१६ असार २०८३, मंगलबार

अवतरणको अन्तिम तयारीमा थियो विमान, २ मिनेटअघि पाइलटले लिएका थिए 'क्लियरेन्स'

माघ १, २०७९
अवतरणको अन्तिम तयारीमा थियो विमान, २ मिनेटअघि पाइलटले लिएका थिए 'क्लियरेन्स'
फाइल फोटो

यती एयरको विमान पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनामा परेको छ ।

आइतवार बिहान काठमाडौंबाट उडेको विमान पोखराको नयाँ विमानस्थलमा ल्यान्ड गर्नुअघि दुर्घटनामा परेको हो ।

नाइन एन एएनसी एटीआर ७२ विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्य थिए । 

विमान २५ वर्ष अनुभवी सिनियर पाइलट कमल केसीले उडाएका थिए । पाइलट अञ्जु खतिवडाले पनि अनुभव प्राप्त गरिसकेकी थिइन् ।

उनले एटीआर विमानमा क्याप्टेन भएर समेत उडान गर्न थालिसकेकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चालकले विमान अवतरणका लागि 'क्लियरेन्स' लिइसकेका थिए।

'१०:३२ मा काठमाडौंबाट उडेको विमान १०:५८ मा ल्यान्ड हुनुभन्दा ठीक दुई मिनेटअघि १०:५६ मा चालकले पोखरा टावरसँग ल्यान्डका लागि क्लियरेन्स लिइसकेका थिए,' ठाकुरले लोकान्तरसँग भने, '१०:५८ मा ल्यान्ड गर्ने जहाज किन दुर्घटनाग्रस्त भयो, त्यस विषयमा हालसम्म ठोस कारण खुल्न सकेको छैन।'

कतिपयले विमानलाई 'शार्प टर्न' गरेका कारण दुर्घटना भएको हुनसक्ने भनिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्