
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटार भेटवार्ता भएको छ।
आज (आइतबार) मन्त्रिपरिषद् विस्तारमा गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड थिए। तर आज बिहान भएको यती एअरको विमान दुर्घटनापछि मन्त्रिपरिषद् विस्तारलगायत राजनीतिक तयारीहरू धकेलिएका छन्।
हिजो (शनिबार) बिहान पनि यी दुई नेताबीच भेटघाट भएको थियो। भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको थियो।