२८ जेठ २०८३, बिहीबार

माघे संक्रान्तिका दिन महोत्सवमा अत्यधिक भीड

माघे संक्रान्तिका दिन महोत्सवमा अत्यधिक भीड

नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १४ औँ संस्करणको चितवन महोत्सवमा माघे संक्रान्तिका दिन अत्यधिक भीड लागेको छ । माघे सङ्क्रान्ति पर्व परेका कारण महोत्सवमा सबैभन्दा बढी भीड लागेको आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । 

महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाका अनुसार आइतबार करिब ७० हजार दर्शकले महोत्सव अवलोकन गरे । “यस संस्करणको चितवन महोत्सवमा आज सबैभन्दा बढी भीड देखियो” पियाले भने, “महोत्सव अवलोकनकर्ताको चाप धेरै भएपछि आज हामीले टिकट काट्ने ठाउँ र प्रवेशस्थल समेत थप गर्नुप¥यो ।” 

महोत्सव प्रवेशका लागि सात स्थानबाट टिकट वितरण गरिएको उल्लेख गर्दै पियाले एक नम्बर गेटका सबै ढोकासँगै गेट नम्बर २ र गेट नम्बर ३ बाट समेत अवलोकनकर्तालाई महोत्सव प्रवेशको व्यवस्था गरिएको जानकारी दिए । 

चिसो मौसमको प्रवाह नगरी महोत्सवमा अवलोकनकर्ताहरु सहभागी भएपछि आफूहरु उत्साहित भएको पियाको भनाइ छ । आज सोमबार पनि बजारहरु बन्द रहने भएकाले महोत्सवमा दर्शकको भीड हुने अपेक्षा आयोजकको छ । 

salt training

कमेन्ट गर्नुहोस्