
कर्जन्हा नगरपालिका –१० मनहर्वाबाट ६ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । गौतारी बस्ने ४७ वर्षीय राम प्रकाश राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनलाई सो लागूऔषधसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाउको छ ।