
काठमाडौं, गोकर्णेश्वर नगरपालिका –८ आरुबारी बस्ने दावा शेर्पाको घरमा उनकै सालो नाता पर्ने दोलखा जिरी नगरपालिका –१ घर भएका ५६ वर्षीय आङखुरी शेर्पा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना के कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।
त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ आँखुखोला नदी किनारमा सोही गाउँपालिका –१ रानीपौवा बस्ने ३७ वर्षीय अर्जुन गिरी आइतबार मृत अवस्थामा फेला परेका छन् । सो घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी धादिङकै थाक्रे गाउँपालिका –१ एक्लेफाँटस्थित महाबीर होटलमा काम गर्ने काठमाडौं टिकाभैरव घर बताउने ७५ वर्षीय रामकृष्ण सापकोटा आफू सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
सोहीअनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरस्थित कल्बट नजिकै सोही नगरपालिका–१ सिंहबाहिनी बस्ने ७१ वर्षीय ललराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।
त्यस्तै, चितवनको रत्ननगर नगरपालिका–७ सौराहास्थित थारु टिपिकल लजको कोठामा कास्की पोखरा महानगरपालिका–३० बस्ने ३५ वर्षीय अमित ताम्राकार आइतबार मृत अवस्थामा फेला परेका छन् । सो घटनाको पनि छानविन भइरहेको प्रहरीले बताएको छ ।
यसैबीच पर्वतको जलजला गाउँपालिका–८ लस्तीस्थित कालीगण्डकी नदीको बीचभागमा सोही गाउँपालिका–७ लस्ती बस्ने ३० वर्षीय धने परियार आइतबार मृत अवस्थामा फेला परेका छन् । उनको मृत्युको सम्भावनाबारे खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–१ बाघमाराखापस्थित सिंगिया खोलाको किनारमा नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यी सबै घटनाको छानविन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।